PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

युथ पार्लियामेण्ट स्कुलमा तीन सय युवा



पहिलोपोस्ट

युथ पार्लियामेण्ट स्कुलमा तीन सय युवा

काठमाडौं : युवाहरुलाई कानून निर्माण प्रक्रिया, संसदीय अभ्यास, सुशासनमा युवाको सहभागितालगायतका विषयमा प्रशिक्षण दिने गरी युथ पार्लियामेण्ट स्कुल सञ्चालन गरिएको छ।

तीन प्रदेशका तीन सय बढी युवाहरु सहभागी कार्यक्रम ६ दिन सञ्चालन हुने जनाइएको छ। नेपाल राष्ट्रिय युवा सञ्जाल (आयोन) ले आयोजना गरेको युथ पार्लियामेण्ट स्कुल कार्यक्रममा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का युवाहरु सहभागी छन्।

सोमवारदेखि सुरु कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, कानुनका ज्ञाता, मानवअधिकारकर्मी, विषय विज्ञहरुले प्रशिक्षण दिने आयोनका अध्यक्ष जगदीश ऐरले जानकारी दिए। यूएनडीपी अन्तर्गतको संसद सहायता कार्यक्रम (पिएसपी) नेपालको सहयोगमा सञ्चालित कार्यक्रमले युवाहरुलाई कानुन निर्माण प्रक्रियाका बारेमा जानकारी दिनुका साथै संसदीय र राजनीतिका बारेमा जानकारी मिल्ने आयोन अध्यक्ष ऐरले बताए।

प्रशिक्षणमा १८ देखि ३५ वर्षसम्म उमेर समूहका युवाहरुको सहभागिता रहेको छ। कार्यक्रममा उत्कृष्ट युवालाई प्रदेशमा नीतिगत वकालत गर्न निश्चित कोषमार्फत सहयोग गर्ने आयोनले जनाएको छ।

आयोनले यसअघि देशभरका १ हजार युवालाई नमूना संसद कार्यक्रम अन्तर्गत प्रशिक्षण दिइसकेको छ। आयोनले सुरु गरेको नमुना संसद कार्यक्रम अहिले सरकारले सञ्चालन गर्न थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell