अमेरिकामा एक मानिसमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डाक्टरहरूले योपटकको संक्रमण पहिलेभन्दा बढी जोखिमपूर्ण भएको बताएका छन्।
बीबीसीले जनाए अनुसार २५ वर्षीय ती संक्रमितको फोक्सोले शरीरमा आवश्यक मात्रामा अक्सिजन लिन नसके पछि अस्पताल भर्ना भएका थिए। हाल भने उनको स्वास्थ्य अवस्था सामान्य छ।
कोभिड-१९ को पुन: संक्रमण दुर्लभ मानिन्छ। तर, ल्यान्सेटको अध्ययनले संक्रामक रोगहरूले भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता कतिको विकास गर्न सकिन्छ भन्ने विषयमा प्रश्न खडा गरेको छ।
संक्रमित युवकलाई गत मार्च २५ देखि कोरोना भाइरसको लक्षण देखिएको थियो। घाँटी दुखाई, खोकी, टाउको दुख्ने र झाडा वान्ता भएको थियो। अप्रिल १८ मा मात्र उनमा संक्रमण पुष्टि भयो। सोही महिनाको २७ तारिख सम्ममा प्रारम्भिक लक्षणहरू ठीक भइसकेको थियो। मेको ९ र २६ मा दुई पटक गरेको स्वाब परीक्षणमा उनको शरीरमा भाइरस देखिएन।
तर, मेको २८ देखि उनमा फेरि लक्ष्यणहरू देखिन थाले। ज्वरो आयो, टाउको दुख्यो, शरीर गल्यो, खोकी लाग्यो र झाडा वान्ता भयो। जुन ५ मा उनमा पुन: संक्रमण पुष्टि भयो। यो पटक उनको स्वास प्रस्वासमा पनि समस्या देखियो।
वैज्ञानिकहरूले यस्तो केसमा पूरानो संक्रमण निश्क्रिय भएपछि दोहोर्याएर संक्रमण हुने जनाएका छन्। वैज्ञानिकहरुले बिरामीमा पुरानो संक्रमण निको भएर फेरी बल्झिएको भन्दा पनि दुई पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन्। दुबै पटक लक्षण देखिँदा जेनेटिक कोडहरु एउटै संक्रमणबाट देखिएका मध्ये बिल्कुलै भिन्न छन्।
'हाम्रो अध्ययनले पहिलेको संकरमणले भविष्यमा देखिने संक्रमणलाई अनिवार्य नरोक्न पनि सक्छ भन्ने तर्फ संकेत गर्छ,' नेभाडा विश्व विद्यालयका डाक्टर मार्क पान्डोरीले भने, 'पुन: संक्रमणको सम्भावनाले हाम्रो कोभिड-१९ इम्युनिटी सम्बन्धी बुझाईमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ।'
उनले संक्रमण मुक्त भइसकेका ब्यक्तिहरुले पनि कोभिड-१९ सम्बन्दी सामाजिक दुरी, मास्क तथा हात धुने सम्बन्धी निर्देशिकालाई पालना गर्नुपर्ने बताए। बैज्ञानिकहरुले अझै पनि कोरोना भाइरस र प्रतिरक्षा प्रणालीसम्बन्धी काँटेदार मुद्दाहरुको विषय जुधिरहेका छन्। के सबै ब्यक्तिहरु प्रतिरक्षा प्रणालीको विकास गर्न सक्छन्? धेरै हल्का लक्षण देखिएका ब्यक्तिहरुमा पनि? एउटा प्रतिरक्षा प्रणाली कति लामो समयसम्म कायम रहन्छ?
भाइरसले कति लामो समयसम्म प्रभाव पार्छ तथा धेरैले भ्याक्सिनको निहितार्थ र हर्ड इम्युनिटी जस्ता उपायहरु के हुन् भन्ने बुझाई नै महत्त्वपूर्ण प्रश्न हो।
अहिलेसम्म पुन:संक्रमण दुर्लभ जस्तै देखिन्छ- तीन करोड ७० लाख कन्फर्म केस मध्ये केही उदाहरण मात्र छन्। हङकङ, बेल्जियम र नेदरल्यान्डका रिपोर्टहरुले विरामीहरु पहिलो संक्रमण भन्दा त्यस्तै गम्भिर नभएको देखाएका छन्। इक्वेडरको एक केसले अमेरिकी केसको ऐनाको रुपमा धेरै गम्भिर हुने देखाएको छ तर अस्तापलमै उपचार आवश्यक भने होइन्।
यद्यपी पान्डेमिक सुरुवाती चरणमा नै छ र कोरोना भाइरसको अन्य प्रकारको इतिहासले यसबाट जोगिनु नै हराउनु भएको देखाउँछन्। जब देशहरुमा भाइरसको सेकेन्ड वेभ चल्छ तब हामी यस विषयमा थप स्पष्ट हुन्छौं।
दोस्रो चरणमा कोभिड-१९ थप सामान्य हुन सक्ने अनुमान गरिएको छ। किनकि मानिसको शरीरले भाइरसविरुद्ध लड्न सिकिसकेको हुन्छ।
नेभान्डाका बिरामी दोस्रो पटक संक्रमित हुँदा किन गाह्रो बनायो भन्ने अझै प्रष्ट छैन।
उनी भाइरसको प्रभावकारी प्रारम्भिक खुराकको सम्पर्कमा परेको हुन सक्ने अनुमान गरिएको छ। वा पहिलो पटक संक्रमण हुँदा उनको प्रतिरक्षा क्षमतामा ह्रास आएको हुनसक्छ।
