PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सञ्चार माध्यमविरुद्ध बलिउड निर्माताहरूको मुद्दा, कंगना रनौत आक्रोशित



पहिलोपोस्ट

सञ्चार माध्यमविरुद्ध बलिउड निर्माताहरूको मुद्दा, कंगना रनौत आक्रोशित
Getty Images

दुई टिभी च्‍यानलविरुद्ध बलिउड फिल्म निर्माताहरूले मुद्दा दर्ता गरेपछि अभिनेत्री कंगना रनौत आक्रोशित भएकी छिन्।

बलिउडका ३४ नामी निर्माताहरूले सोमवार रिपब्लिक टिभी, अर्णव गोस्वामी, रिपब्लिक टिभीकै प्रदीप भण्डारी, टाइम्स नाउ, राहुल शिवशंकर र नविका कुमारको विरुद्ध दिल्ली उच्च अदालतमा मुद्धा दर्ता गरेका हुन्। बीबीसी हिन्दीका अनुसार उनीहरूले सुशान्त सिंह राजपुतको मृत्युको विषयमा 'गैर जिम्मेवारपूर्वक' रिपोर्टिङ गरेको आरोप छ।

घटनाको चर्चा पछि कंगना रनौत ट्वीटमार्फत् आफ्नो आक्रोश पोख्दै छिन्। लेखेकी छिन्,'बलिउड ड्रग्स, शोषण, नेपोटिजम र संघर्षसहितको नाली हो।' उनले बलिउड स्ट्राइक ब्याक ट्रेन्डिङ भइरहेको बारे भनिन्,'मविरुद्ध पनि मुद्दा हाल्नुस्। तर, जबसम्म म जिउँदो रहन्छु तबसम्‍म तिमीहरूको असली अनुहार सार्वजनिक गरेरै छाड्छु।'

फिल्म इन्डस्ट्री सँगसँगै उनले बलिउड कलाकारहरू बारे पनि टिप्पणी गरेकी छिन्। लेख्छिन्,'ठूला स्टारहरू केवल महिलालाई अब्जेक्टिफाइ मात्र गर्दैनन्। जवान युवतीहरूको शोषण समेत गर्छन्। उनीहरू सुशान्त सिंह राजपुतजस्ता युवा स्टारलाई ठाउँ दिँदैनन्। आफै ५० वर्षको उमेरमा पनि स्कूल पढ्ने छात्रको भूमिका निर्वाह गर्न तयार हुन्छन्।'

उनले स्टारहरू गलत प्रवृत्तीकोविरुद्ध नबोल्ने आरोप लगाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell