PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

ओली- दाहाल छलफल : मुख्यमन्त्री शाही र कँडेललाई काठमाडौं बोलाइयो



पहिलोपोस्ट

ओली- दाहाल छलफल : मुख्यमन्त्री शाही र कँडेललाई काठमाडौं बोलाइयो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले कर्णाली प्रदेशका सदस्यहरुसँग छलफल गर्ने भन्दै मुख्यमन्त्रीसहितका नेताहरुलाई काठमाडौं बोलाएका छन्। 

मंगलवार बालुवाटारमा भएको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र उनी विरुद्ध अविश्वासको प्रस्तावको नेतृत्व गरेका प्रदेशसभा सदस्य तथा नेकपाका कर्णाली प्रदेशका सह-इञ्चार्ज यामलाल कडेँललाई छलफलका लागि काठमाडौं बोलाएका हुन्। 

दुई अध्यक्षले पार्टी प्रदेश कमिटीका पदाधिकारीसहित इञ्चार्ज जनार्दन शर्मालाई पनि छलफलका लागि बोलाएका हुन्।

आइतवार ओली निकट नेता कँडेलको नेतृत्वमा १८ सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। यसले नेकपा विवाद चुलिएको थियो। सो क्रममा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहीलाई हटाएर सचेतक नेपालीलाई उक्त पदमा नियुक्त गरेका थिए। पूर्व माओवादी कोटाबाट शाही कर्णाली प्रदेशका मुख्यमन्त्री निर्वाचित भएदेखि नै कँडेलले असन्तुष्ट बनेका थिए। 

नेताहरुको आन्तरिक छलफलपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने सात सांसद ब्याक भएका छन्। मुख्यमन्त्री  र नेपाल पक्षका नेताहरुबीच आज भएको छलफलमा मन्त्रीमण्डल पुनर्गठन गर्ने सहमती भएको छ।  

जसमा नेपाल पक्षका अमरबहादुर थापा, चन्द्र बहादुर शाही र करवीर शाहीलाई मन्त्री बनाउने सहमति भएको छ।त्यस्तै मुख्यमन्त्री शाहीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन्। प्रधानमन्त्री ओलीसमेत आफू पक्षका नेताहरुलाई अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell