PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एकजना पर्यटकका लागि खुल्यो पेरूको 'माचू पिचू'



पहिलोपोस्ट

एकजना पर्यटकका लागि खुल्यो पेरूको 'माचू पिचू'
Reuters

पेरूको चर्चित पर्यटकीय स्थल 'माचू पिचू' एक जना पर्यटकको लागि खुला भएको छ। जापानका जेसी कातायामाका लागि उक्त ठाउँ खुला गरिएको हो।

बीबीमा जनाइए अनुसार गत मार्चमै उनी 'माचू पिचू' घुम्नका लागि पेरू पुगेका थिए। कोरोना भाइरस संक्रमणका कारण उनको भ्रमण रद्द भयो। तर, कातायामा देश फर्केनन्। घुम्नका लागि सात महिना कुरे।

पेरू सभ्यताको प्रसिद्ध अवशेष स्थल मानिन्छ 'माचू पिचू'लाई। त्यहाँको खण्डहर सभ्यताको निशानी हो।

पेरूका सांस्कृतिक मन्त्री एलेजाण्ड्रो नेयराका अनुसार कातायामको विशेष अनुरोधमा उक्त ठाउँ खोल्ने अनुमति दिइएको हो।

कोरोना भाइरस संक्रमणका कारण अगस क्यालिएन्ट्समा फसेका ती जापानी नागरिकको माचू पिचू घुम्ने योजना पूरा गर्न सहयोग गरेको बारे पेरूका सांस्कृतिक मन्त्रीले पत्रकार सम्मेलन गरी जानकारी दिए।

Science Photo Library.

कातायामाले जापान फर्कनु अघि माचू पिचू घुमे र भिडियो बनाए। त्यसमा उनले भनेका छन् : यो यात्रा साँच्चै गजब रह्यो। धन्यवाद।

यसअघि आउँदो महिला मात्र माचू पिचू खुला गर्ने बताइएको थियो तर मिति तय गरिएको थिएन।

जोन होप्किन्स विश्व विद्यालयको तथ्याङ्कका अनुसार पेरूमा ८ लाख ४९ मानिसमा संक्रमणको पुष्टि भएको छ। त्यस्तै ३३ हजार मानिसले संक्रमणकै कारण ज्यान गुमाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell