PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सरकारलाई कप्तान चेम्जोङको खुला पत्र : रंगशाला म्युजिक भिडियोका लागि खुला हुने, फुटबलका लागि नहुने?



पहिलोपोस्ट

सरकारलाई कप्तान चेम्जोङको खुला पत्र : रंगशाला म्युजिक भिडियोका लागि खुला हुने, फुटबलका लागि नहुने?
फाइल फोटो।

काठमाडौं : चैत महिनायता नेपालमा फुटबललगायतका खेल गतिविधिहरु बन्दप्राय छन्। युरोप हुँदै छिमेकी देशहरुमा पनि खेलकुदका गतिविधि चलिरहँदा नेपालमा भने अझै खेलकुद के हुने टुंगो छैन।

यसैबीच, नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले सरकार र राष्ट्रिय खेलकुद परिषद्को ध्यानकर्षण गर्दै खुला पत्र लेखेका छन्।

कप्तान चेम्जोङले संसारभर फुटबल गतिविधि चलिरहँदा नेपालमा पनि मापदण्ड पूरा गरेर खेल सञ्चालन गर्न आग्रह गरेका छन्। त्यस्तै, खेलेरै चल्ने खेलाडीहरु कुन अवस्थामा छ भनेर यो अवधिमा खोजिनिति नहुँदा नयाँ फुटबलमा आउन चाहनेका लागि ठूलो असर परेको पनि उनले उल्लेख गरेका छन्।

यसैगरी, रंगशालामा म्युजिक भिडियो सुटिङका लागि अनुमति मिलेको तर फुटबल अभ्यासका लागि किन नमिल्ने भन्दै प्रश्न उठाएका छन्।

यस्तो छ उनको खुलापत्र

आदरणीय, राष्ट्रिय खेलकुद परिषद् तथा सम्मानीय सरकारलाई मेरो सानो खुला पत्र लेख्न चाहन्छु।

म नेपाली राष्ट्रिय टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद पुनः सञ्चालन गर्न सबै मापदण्ड पूरा गरी पूर्ण सञ्चालन गर्न हजुरहरुलाई अनुरोध गर्दछु। किन एकान दुकान गर्दै हुनुहुन्छ? के खेलाडी सधैँ मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र? खेलाडी चाहिँ सधैँ काठमाडौंको धुलोमा तपाईंहरु चाहिँ चिल्लो गाडीमा।

खेलकुद मन्त्रालय र नेपाल खेलकुद परिषद्का माननियज्यू र आदरणीय नेपाल सरकारज्यूले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ। तर, यतिका महिना खेलाडी खेलकुद कुन दुरदशामा छ भन्ने एउटा भनक पनि चासोको विषय नबनाएको देख्दा फुटबलमा भविष्य खोज्ने भाइ बैनीहरुमा कतिको असर परेको छ भने कुरा खुलस्त रुपमा देखिन सकिन छ।

सम्पूर्ण देशमा फुटबल शुरु भैसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन। खेलाडीका लागि मात्र होइन खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन। सबै देशमा फुटबल शुरु भैसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दुःखद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ, म्युजिक भिडियोको लागि प्रवेश खुला हुने, फुटबलका लागि खेल्न चाहिँ किन नहुने? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र?

अबका दिनमा सम्पूर्ण खेलमैदानमा खेल सञ्चालन गर्दिन अनुरोध गर्दछु। आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले? नेपाली फुटबलको विकासका लागि कसैले केही गरिरहेको देखिनँ। फुटबल खेलाडीले खेल्न बिर्सी सके सरकार फुटबल राजनीति जस्तो होइन बोले र मख्ख पर्न फुटबलमा हात खुट्टाले दिमाग् लगाएर खेल्ने गरिन्छ, चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न।

२ खुट्टा चलाएर घर परिवार हेर्नू पर्ने हुन्छ। ७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कस्ले दिन्छ? जुन खेलाडी खेलेर नै जिबिका चलाउथ्यो उ त आज भोलि खेलमैदान छोडेर विदेश पो जाँदै छ त। लाज हुने कुरा होइन यो? खेलाडी खेलकुद र राज्यको मान्य ज्यू। जय देश। जय देश। जय नेपाली फुटबल।

 

आदरणीय राष्ट्रिय खेलकुद परिस तथा समानिय सरकार जिउलाई मेरो सानो खुला पत्र लेखन चाहन्छु ...

Gepostet von Kiran Chemjong am Montag, 12. Oktober 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell