PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता, विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाइने



फूलमाया पुरी

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता, विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाइने

विराटनगर : मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राती अनलाईनमार्फत विश्वविद्यालयका प्रमुख डा सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा महावीर पुनबीच सम्झौता भएको हो। विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा पोखरेलले बताए।

उनका अनुसार दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नविनतम क्षेत्रमा अनुसन्धान गर्नेछन्। मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य श्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौता अनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने छ। सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताए। मन्त्री घिमीरेले अनुसन्धानको जग बसाउने काम शुरु भएकाले मनमोहन विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने पनि बताए।

अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविस्कार केन्द्रको मोडलमा सञ्चालन गरिने राष्ट्रिय अनुसन्धान परिषद्का अध्यक्ष डा पुनको भनाइ छ। त्यस्तै, सृजनशिल र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरी उद्यमी बन्न सक्ने उनले बताए। उनले अनुसन्धान कार्यमा कन्जुस्याँई गर्न नहुने पनि बताए।

सम्झौता कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यायका प्रमुख डा सुवास श्री पोखरेल, नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले बोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell