PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुनसरीका ३४४ सहित प्रदेश १ मा ४१९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो



फूलमाया पुरी

सुनसरीका ३४४ सहित प्रदेश १ मा ४१९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

विराटनगर : प्रदेश १ मा मंगलवार ४१९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ।

मंगलवार सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १/१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा मात्र २११ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष रहेका छन्। त्यस्तै, इटहरीमा ११९ र इनरुवामा १४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

यता झापाको दमकमा ५, विर्तामोड र गौरादहमा १/१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ।

भोजपुरको पडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजिटिभ आएको पनि सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलवार १९ जना डिस्चार्ज भएका छन्। जसमा मेची अस्पतालबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४/४, धाईजन आईसोलेसन केन्द्रबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन्। हालसम्म ४ हजार ८७३ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा मंगलवार १ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। हालसम्म १ लाख ३९ हजार ९२८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell