PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

रोनाल्डोलाई कोरोना संक्रमण



पहिलोपोस्ट

रोनाल्डोलाई कोरोना संक्रमण

युभेन्टसका पोर्चुगिज स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टी भएको छ। स्टार रोनाल्डोलाई कोरोना संक्रमण पुष्टी भएको पोर्चुगल फुटबल फुटबल फेडेरेसनले जनाएको छ।

यसअघि बुधवार नेशन्स कप अन्तर्गतको खेलमा रोनाल्डोले पोर्चुगलबाट फ्रान्सविरुद्ध खेलेका थिए। अब पोर्चुगलले खेल्ने स्वीडेनविरुद्धको खेलमा रोनाल्डो सहभागी हुने छैनन्।

फेडेरेसनका अनुसार रोनाल्डोको अवस्था अहिले सामान्य छ। र, उनलाई कुनै लक्षण छैन।

नेशन्स लिग अन्तर्गत समूह सी मा पोर्चुगलसहित फ्रान्स, क्रोएसिया र स्वीडेन छन्। रोनाल्डोलाई कोरोना पोजेटिभ देखिएसँगै अरु खेलाडीहरुको पनि पुन परीक्षण गराइएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell