PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चेन्नइले हैदराबादलाई दियो १ सय ६८ रनको लक्ष्य



पहिलोपोस्ट

चेन्नइले हैदराबादलाई दियो १ सय ६८ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा चेन्नइ सुपर किंग्सले सनराइजर्स हैदराबादलाई १६८ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो।

चेन्नइका लागि सेन वाटसनले सर्वाधिक ४२ रन बनाउँदा अम्बाती रायडूले ४१ रन बनाए। त्यस्तै ओपनर साम करनले ३१ रन जोड्दा कप्तान महेन्द्रसिंह धोनीले २१ रन जोडे। त्यस्तै रबीन्द्र जडेजा २५ रनमा अभिजित रहे।

उता हैदराबादका लागि सन्दीप शर्मा, खालिल अहमेद र टी नटराजनले समान दुई/दुई विकेट लिए।

हैदराबाद केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell