PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु



रासस

चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु

चितवन : चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। कालिका नगरपालिका वडा नम्बर १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको मंगलवार निधन भएको हो।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना संक्रमण पोजिटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन्।

श्वासप्रश्वासमा समस्या देखिएको उनको मंगलवार दिउँसो ४ बजे मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell