PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

पर्यटन व्यवसायी पाण्डे पाटाको सचिव/कोषाध्यक्षमा निर्वाचित



पहिलोपोस्ट

पर्यटन व्यवसायी पाण्डे पाटाको सचिव/कोषाध्यक्षमा निर्वाचित

काठमाडौं : एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का सचिव/कोषाध्यक्ष निर्वाचित भएका छन्।

विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघको अक्टोबर १२ मा भएको निर्वाचनमा मलेसियन प्रतिद्वन्द्वी फइज फधिलिल्लाहलाई पराजित गर्दै पाण्डेले जित हासिल गरेका हुन्। निर्वाचन अनलाइनबाट गरिएको थियो।

वर्तमान उपाध्यक्ष पाटाको विधान अनुसार अध्यक्ष रहने व्यवस्था छ। जसअनुसार सिंगापुरका सुन हुवा वोङको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपध्यक्षमा भियतनामका हाइ हो निर्वाचित भएका छन्। उनले कम्बोडियाका उम्मेदवार सोखोम थोकलाई पराजित गरेका हुन्।

सचिव/कोषाध्यक्ष पदमा निर्वाचित पाण्डे लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध हुन्। ट्रेकिङ कम्पनी एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरका अध्यक्ष हुन् उनी। पाण्डे फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत हुन् भने सर्मिट एयरका डाइरेक्टर। अलफ्ट काठमाडौं होटल, छायाँ सेन्टरका समेत निर्देशक रहेका उनी यसअघि पाटा नेपाल च्याप्टरका अध्यक्ष, ट्रेकिङ एजेन्टस् एशोसियसन अफ नेपाल (टना)का अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाइन्स् अपरेटर्स एसोसियसन अफ नेपालका महासचिव रहिसकेका छन्। नेपाल पर्यटन बोर्डका सदस्य, कार्यकारी सदस्य– नेपाल पर्यटन वर्ष – २०११ मा रहेर उनले काम गरिसकेका छन्।

नेपाली साहसिक पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने उच्च हिमाली रेस्क्यु प्रविधिको सुरुवात तथा विस्तारमा पाण्डेको योगदान छ। पाण्डेले नेपालमा स्काइ डाइभिङ भित्र्याएका हुन् भने सन् २००९ मा कालापत्थरमा आयोजित मन्त्रिपरिषद बैठक आयोजना गर्न उनको योगदान रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell