PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

थपिएका आइसीयूका लागि कान्तिले माग्यो २० डाक्टर र ३५ नर्स



पहिलोपोस्ट

थपिएका आइसीयूका लागि कान्तिले माग्यो २० डाक्टर र ३५ नर्स

काठमाडौं : कान्ति बाल अस्पतालमा स्थापना गरिएको आइसीयू विस्तारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको माग गरेको छ। २० डाक्टर, एक इन्जिनियर र ३५ जना नर्सका लागि आवेदन दिन अस्पतालले सूचना जारी गरेको छ।

करार सेवामा २० जना मेडिकल अधिकृत, एक जना बायोमेडिकल इन्जिनियर र ३५ जना स्टाफ नर्स राख्न लागेको हो। मेडिकल अधिकृत र इन्जिनियर आठौं तहका हुन् भन् नर्स पाँचौं।

डिजिटल प्रकृयाबाट आवेदन दिन सकिने अस्पतालले जनाएको छ। २०७८ असार मसान्तसम्मका लागि करार अवधि तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell