PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बाबा रामदेव : साइकलबाट लडेको एक महिनामै खसे हात्तीबाट, गर्दै थिए योग



पहिलोपोस्ट

बाबा रामदेव : साइकलबाट लडेको एक महिनामै खसे हात्तीबाट, गर्दै थिए योग

बाबा रामदेव हात्तीमाथि बसेर योग गर्दागर्दै लडेका छन्। उत्तर प्रदेशको मथुरास्थित, महावन आश्रममा एक सजाइएको हात्तीमा चढेका थिए उनी। वरपर उनलाई हेर्नेको भिड थियो।

आकाशतर्फ फर्केर आँखा चिम्म गरेका उनले आफ्नो एउटा हातलाई अर्कोले बाँधेका थिए, टाउकोमा लगेर। त्यसरी अभ्यास गर्दैगर्दा एकाएक हात्ती चल्मलायो। र, बाबाले आफूलाई सम्हाल्नु अघि उनी लडे।

हात्तीबाट खसेका उनी हाँस्दै उठे र अघि बढे। हाल उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

ठीक एक महिनाअघि बाबा रामदेश साइकलबाट लडेको भिडियो भाइरल भएको थियो। उनी पानी परिरहेको अवस्थामा साइकल चलाउँदै थिए। पार्कको एउटा मोडमा पुगेपछि उनी अनियन्त्रित हुँदै लड्छन्। उक्त भिडियो सार्वजनिक भएपछि केही भारतीय मिडियाका प्रस्तोताले हाँस्दै सामाचार वाचन गरेका थिए।

पुन: लडेका बाबाजीमाथि सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ।

पेलु नाम गरेका ट्वीटर प्रयोगकर्ताले सोधेका छन् : बाबाजी यो आशनको नाम त बताएर जानुस्!

त्यस्तै रामदेव मण्डलले लेखेका छन् :

बालकृष्ण : बाबा जी हात्तीबाट खसेर कस्तो लागि रहेछ?

बाबा रामदेव : भारतको जिडिपी जस्तो।

कुमार जेनाले बाबा रामदेव साइकलबाट वा हात्तीबाट हालसालै खसेपनि मान्छेको नजरबाट सन् २०१४ मै खसेको जनाएका छन्। त्यस समय उनी विविध कारण विवादमा तानिएका थिए। दलित समुदायप्रति अपमानजनक टिप्पणी गरेको आरोप खेपेका थिए। सोही वर्षको अन्त्यमा उनले श्रम कानून उलङ्घन गरेको र औषधीहरूमा गलत लेबल लगाएको आरोप खेपेका थिए। 

संघ गौतम नामक प्रयोगकर्ताले लेखेका छन् : बाबा विल्कुल त्यसरी खसे जसरी १३ औं लोकसभा चुनाव (१९९९) मा एक मत अन्तरले बिजेपी खसेको थियो।

दूर्घटनामाथि मजाक भइराख्दा रामदेवका सहयोगीले भने उनी सकुशल रहेको जानकारी दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell