PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जोय विडेनको उमेरमाथि डोनाल्ड ट्रम्पको ट्रोल, ट्वीटमार्फत् वृद्धवृद्धाको अपमान गरेको आरोप



पहिलोपोस्ट

जोय विडेनको उमेरमाथि डोनाल्ड ट्रम्पको ट्रोल, ट्वीटमार्फत् वृद्धवृद्धाको अपमान गरेको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति चुनावमा उनको प्रतिद्वन्द्वी रहेका जोय विडेनविरुद्ध विभिन्न ट्वीट गर्दै आएका छन्। बुधवार उनले एक पोस्ट सेयर गरे जसमा विडेनको उमेरमाथि व्यङ्ग्य गरिएको छ।

उक्त ट्रोलमा जोय विडेन ह्विलचियरमा छन्। त्यो सक्कली तस्‍विर भने होइन। जोयको टाउको फोटोसप गरी एक वृद्धको शरीरमा देखाइएको हो। फोटोमा अरु वृद्धवृद्धा पनि छन्। त्यसको ठीक तल लेखिएको छ – विडेन 'प्रेसिडेन्ट'का लागि होइनन् 'रेसिडेन्ट'का लागि हुन्। अर्थात् उनी राष्ट्रपति बन्न योग्य छैनन्। बरु वृद्ध आश्रमको निवासी बन्न सक्छन्।

उनको उक्त ट्वीट विवादित बनेको छ। ट्रम्प समर्थकले उनको 'सेन्स अफ ह्युमर'को तारिफ गरेका छन्। तर, अन्य मानिसले भने उनको ट्वीट पाका उमेरकाहरू लक्षित अपमान भएको आरोप लगाएका छन्। ट्वीटकै कारण ट्रम्पले वृद्धवृद्धाको मत गुमाउने समेत बताएका छन्।

केहीले भने ट्रम्पले ट्रोलको बद्ला ट्रोल गरेको जनाएका छन्। राष्ट्रपतिको लागि प्रजातान्त्रिक पार्टीबाट उम्मेद्वार रहेका जोय विडेनले ट्रम्पबारे ट्रोल गरेका थिए। उनले ट्वीटमार्फत्‍ ट्रम्पले डाक्टर फाउसीलाई प्रसङ्ग र अनुमति बीना टिभी प्रचार गरेको बताएका थिए। लेखेका थिए ट्रम्प यो सन्देश दिँदैछन् : म कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न असफल हुँदैछु। त्यसैले मैले डाक्टर फाउसीमार्फत् आफूले राम्रो काम गरेको प्रचार गराउँदैछु। तर, सबै फेक हो। उनले त्यस्तो कहिल्यै भनेका छैनन्। 

ट्रम्प र जोय दुवै चुनावी प्रचार प्रसारमा व्यस्त छन्। नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि पहिलो वहस सम्पन्न भइसकेको छ। यी दुई बीच ३ वर्षको उमेर अन्तर छ। जोय ७७ वर्षका भए भने ट्रम्प ७४ वर्षका हुन्। त्यसैले ट्रम्पले विडेनको उमेरमाथि व्यङ्ग्य गर्नु स्वयंको व्यङ्ग्य गर्नु सरह भएको टिप्पणी समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell