PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

कार्तिक १ गते देखि वीरगंजमा लकडाउन हुने खबर निराधार



राधेश्याम पटेल

कार्तिक १ गते देखि वीरगंजमा लकडाउन हुने खबर निराधार

वीरगंज : वीरगंजमा अगामी कार्तिक १ गतेदेखि पुनः लकडाउन हुने खबर निराधार भएको बताइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार अवस्था हालजस्तै समान्य रहे लकडाउन नहुने र निषेधाज्ञा पनि नलगाउने प्रशसनको तयारी रहेको जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले निषेधाज्ञा बारे भ्रामक हल्लाको पछाडि नलाग्न आग्रह गरे। ‘बजार बन्द हुने, निषेधाज्ञा लगाउने हल्ला छ,’ उनले भने ,‘विषम् परिस्थितिमा नेपाल सरकारले निर्णय गरे मात्र निषेधाज्ञा लाग्छ। तत्काल बजार बन्द गर्नुपर्ने अवस्था छैन।'

हाल कोभिड-१९ संक्रमित दर कम बन्दै गएको तामाङको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell