PahiloPost

May 14, 2025 | १ जेठ २०८२

माइस्थान–गीता मन्दिर सकड बिग्रिँदा वीरगंजका व्यवसायीद्वारा चक्का जाम



राधेश्याम पटेल

माइस्थान–गीता मन्दिर सकड बिग्रिँदा वीरगंजका व्यवसायीद्वारा चक्का जाम

वीरगंज :  वीरगंज महानगरको विरुद्धमा वीरगंज माइस्थानका व्यवसायीले प्रदर्शन शुरु गरेका छन्। बुधवार बिहान साढे १० बजेदेखि ११ बजेसम्म एक घण्टा माइस्थान चोकमा चक्का जाम गरी विरोध जनाएका हुन्।

विगत लामो समयदेखि माइस्थान–गीतामन्दिर सडक मर्मत सम्भार नहुँदा दैनिक दुर्घटना भइरहेका छन्। साथै स्थानीयले धुलाम्य जीवन बिताउनु परेको भन्दै उनीहरुले आक्रोश पोखेका हुन्। एक व्यवसायीका अनुसार चाडपर्व शुरु हुन लाग्दा पनि महानगरले सडक कालोपत्रे नगरेका कारण प्रदर्शन गरिएको हो।

वीरगंज महानगरका मेयर विजयकुमार सरावगीलाई यस विषयमा स्प्रीट क्लब माइस्थानमार्फत् सडक कालोपत्रे गर्नका लागि ध्यानाकर्षण गरिएको थियो। तर, मेयरको तर्फबाट कुनै सम्बोधन भएन। महानगरले तत्काल सडकको काम नगरे यसपछि थप कडा आन्दोलन गर्ने वीरगंनज बिरयानी हाउसका सञ्चालक राजुकुमार मिश्रले बताए।

५ सय मिटर सडक पनि बनाउन नसक्नु लाजको कुरा भएको त्यस क्षेत्रका पसले तथा व्यवसायीहरुको आरोप छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell