PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

दोहोर्‍याएर संक्रमण भएकी महिलाको निधन, २३ जनामा पुनः कोभिड-१९ पोजेटिभ



पहिलोपोस्ट

दोहोर्‍याएर संक्रमण भएकी महिलाको निधन, २३ जनामा पुनः कोभिड-१९ पोजेटिभ

दोस्रो पटक कोभिड-१९ भाइरस संक्रमण पुष्टि भएको महिलाको मृत्यु भएको छ। द नेदर्ल्यान्ड्स नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थले मंगलवार ८९ वर्षीया डच महिलाको मृत्यु भएको बताएको हो। 

दोस्रो पटक संक्रमण पछि मृत्युको यो पहिलो घटना हो। 

द ल्यान्सेट संक्रामक रोग मेडिकल जर्नलले मंगलवारमात्रै कोभिड-१९ को पुनः संक्रमण देखिएको बताएको थियो। २५ वर्षीय अमेरिकी युवकमा दोस्रो पटक संक्रमण भएको हो।

मृत महिला र ती अमेरिकी दुवैको स्वास्थ्य अवस्था सुरुवाती संक्रमणमा भन्दा खराब भएको थियो।

'सबैको हकमा एकपटक संक्रमण भएपछि प्रतिरोधात्मक क्षमतामा विकास हुन्छ भन्ने कुरा निश्चित हुँदैन,' अनुसन्धानकर्ताहरूले भनेका छन्, 'एकपटक संक्रमण मुक्त भएकाले पनि नभएकाले जति नै सुरक्षा मापदण्ड अपाउनु पर्छ।' 

टेलिग्राफका अनुसार हालसम्म २३ वटा पुन: संक्रमणको केस पुष्टि भएका छन्। तीमध्ये सबै उपचारपछि ठीक भएका छन्।

अमेरिकी डोनाल्ड ट्रम्प पटकपटक आफू कोभिड प्रतिरोधी भएको बताउँदै आएका छन्। आफुबाट अरूसँग संक्रमण नसर्ने उनको दाबी छ।

'मलाई शक्तिशाली महसुस भएको छ। म प्रतिरोधी क्षमता राख्छु,' सोमवार प्रचार सभामा सहभागीहरूलाई सम्बोधन गर्दै भनेका थिए, 'यहाँ उपस्थित सबैलाई मा चुम्बन गर्न चाहन्छु।' 

लन्डन स्कूल अफ हाइजिनले भने एकपटक संक्रमण मुक्त हुँदैमा कोभिडबाट सुरक्षित नहुने बताएको छ। त्यहाँका प्राध्यापक ब्रेन्डन ब्रेन ले भने, 'यस्तोमा कोभिडको भ्याक्सिन पनि पूर्ण सुरक्षित हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell