झापा : कनकाई नगरपालिका-३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।
झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो। उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए।