PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

मन्त्रिपरिषद् पुनर्गठनः ईश्वर पोखरेलको विभागीय जिम्मेवारी खोसियो, अर्थमा पौडेल, कसलाई कुन जिम्मेवारी?



पहिलोपोस्ट

मन्त्रिपरिषद् पुनर्गठनः ईश्वर पोखरेलको विभागीय जिम्मेवारी खोसियो, अर्थमा पौडेल, कसलाई कुन जिम्मेवारी?

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। ओलीले रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेललाई दिएका छन्।

यस्तै, रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालय तानिएको छ। 

यस्तै, सञ्चार मन्त्रीको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ। यसअघि गुरुङले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। महिला बालबालिका मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई नियुक्त गरिएको छ। 

सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell