PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुनसरीका १९७ जनासहित प्रदेश १ मा बुधवार ४४५ संक्रमित थपिए, तीन जनाको मृत्यु



फूलमाया पुरी

सुनसरीका १९७ जनासहित प्रदेश १ मा बुधवार ४४५ संक्रमित थपिए, तीन जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा बुधवार ४४५ जना कोरोना संक्रमित थपिएका छन्। जसमा सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १/१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन्। सुनसरीकै इनरुवामा ४८, इटहरीमा १९, दुहवीमा ८, बराहक्षेत्र र बर्जुमा २/२, रामधुनी र हरिनगरमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मोरङको विराटनगरमा १०९, सुन्दरहरैचामा ३२, रंगेलीमा १६, पथरीशनिश्चरेमा ९, सुनबर्षीमा ६, बुढीगंगामा ४, बेलबारी र जहदामा २/२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, विर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३/३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। उदयपुरको चौदण्डीगढी र बेलकामा ३/३, धनकुटाको शहिदभूमी र इलामको सुर्योदयमा १/१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार ६१५ पुगेको छ।

प्रदेश १ मा बुधवार १४२ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट १३६, मेची अस्पतालबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार १५ पुगेको छ।

प्रदेश १ मा बुधवार १ हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १६२ महिला र २८३ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। हालसम्म १ लाख ४० हजार ९५७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टाभित्र ३ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र मोरङका तीन जनाको मृत्यु भएको छ। सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना संक्रमितको मृत्यु भएको छ।

सुनसरीको इटहरी नगरपालिका ६ की ६० वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका १० का ३७ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।

त्यस्तै, मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको कोभिड आइसोलेसनमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालको कोभिड आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell