PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सिम्रौनगढका जयमंगलको अपहरण गरी हत्या गर्ने श्यामकिशोर ३० वर्षपछि पक्राउ



राधेश्याम पटेल

सिम्रौनगढका जयमंगलको अपहरण गरी हत्या गर्ने श्यामकिशोर ३० वर्षपछि पक्राउ

वीरगंज : बाराको सिम्रौनगढ क्षेत्रको एउटा ३० वर्ष पुरानो हत्या मुद्दाका फरार कसुरदार पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले उनलाई मंगलवार आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

२०४४ भदौ १२ गते साँझ साढे ६ बजे अपहरण गरी त्यसको भोलिपल्ट बाराको साबिक गोलागंज गाउँ पञ्चायत-४ बस्ने जयमंगलप्रसाद कोइरीको हत्याका कसुरदार सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल बस्ने श्यामकिशोरप्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो।

कुशवाहालगायत केही व्यक्तिले जयमंगल प्रसाद कोइरीलाई अपहरण गरी एक रात गोप्य स्थानमा लुकाएका थिए। त्यसको भोलिपल्ट अमृतगंज खजानीस्थित नेपाल भारतको सीमामा कोइरीको शरीरमा नाइलनको डोरीले बाँधी घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो।

त्यसपछि मुख्य अभियुक्त कुशवाहा फरार रहदै आएका थिए। बारा जिल्ला अदालतले ज्यान मुद्दामा २०४७ असोज २८ गते गरेको फैसला अनुसार उनीलाई १० वर्ष कैद ठहर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell