PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

६५ औँ प्रहरी दिवसमा १ नम्बर प्रदेशका १०१ प्रहरी अधिकृत र जवानहरुले गरे रक्तदान



पहिलोपोस्ट

६५ औँ प्रहरी दिवसमा १ नम्बर प्रदेशका १०१ प्रहरी अधिकृत र जवानहरुले गरे रक्तदान

विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालयले ६५ औँ प्रहरी दिवस मनाएको छ। बुधवार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राङ्गणमा उक्त दिवस मनाइएको हो।

६५ औं प्रहरी दिवस २०७७ को अवसरमा रक्तदान कार्यक्रम गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कुमार कार्कीले जानकारी दिए। कार्कीका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङ शाखा अन्तर्गत क्षेत्रीय रक्त सेवा विराटनगरको सहकार्यामा प्रहरीले रक्तदान कार्यक्रम गरेको हो।

पछिल्लो समय कोभिड-१९ संक्रमणको जोखिमका कारण देशैभर रगतको कमी भइरहेको समयमा रक्तसञ्चार सेवामा रगत अभाव नहोस् भन्ने उद्देश्यले प्रहरी दिवसको अवसरमा रक्तदान कार्याक्रम गरिएको उनले बताए। रगत अभावका कारण विभिन्न अस्पताल पुयाइएका बिरामीहरुको उपचारमा समेत समस्या भइरहेकोले रक्तदान कार्यक्रम गरिएको उनको भनाइ छ।

बुधवार रक्तदान कार्यक्रम भइरहेकै समयमा विराटनगरकै कोशी अस्पतालमा उपचाररत एक महिलालाई आवश्यक रगत रक्तदान स्थलबाटै तत्काल उपलब्ध गराइएको पनि प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए। रक्तदान कार्यक्रममा १०१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell