PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

नवनियुक्त मन्त्रीको शपथ बिहीबार हुने



पहिलोपोस्ट

नवनियुक्त मन्त्रीको शपथ बिहीबार हुने
फाइल फोटो

काठमाडौँः नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ। शपथ समारोह राष्ट्रपति कार्यालयमा हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन नयाँ मन्त्री थप गरेका छन्। ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी पार्टी महासचिव समेत रहेका विष्णु पौडेललाई दिएका छन्। सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई तोकिएको छ। यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन्।

मौजुदा मन्त्रिपरिषद्का उपप्रधान एवं रक्षा मन्त्रीलाई प्रधानमन्त्री कार्यालय तानिएको छ। यस्तै, महिला बालबालिका मन्त्री रहेको पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell