PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिन सामाजिक विकास मन्त्राल र कटहरी गाउँपालिकाबीच सम्झौता



फूलमाया पुरी

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिन सामाजिक विकास मन्त्राल र कटहरी गाउँपालिकाबीच सम्झौता

विराटनगर : प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मोरङको कटहरी गाउँपालिकाका शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिन बुधवार गाउँपालिकासँग सम्झौता गरेको छ।

विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षासम्बन्धी शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले मोरङको कटहरी गाउँपालिकासँग सम्झौता गरेको हो। सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालनका लागि कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत र सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख कृष्ण पोखरेलबीच सम्झौता भएको छ।

सम्झौता अनुसार गाउँपालिकाले तालिमका लागि ९० जना सामुदायिक विद्यालय र १० जना संस्थागत विद्यालयका शिक्षक छनौट गर्नुपर्ने छ।

मन्त्रालयले यसअघि धनकुटाको धनकुटा नगरपालिका, इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरङको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ। पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell