PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोरोना भाइरसको संक्रमणका कारण बाग्लुङमा एक पुरुषको मृत्यु



पहिलोपोस्ट

कोरोना भाइरसको संक्रमणका कारण बाग्लुङमा एक पुरुषको मृत्यु

काठमाडौं : बाग्लुङमा कोरोना भाइरस संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। बाग्लुङको बाग्लुङ नगरपालिका-२ बस्ने ७७ बर्षीय पुरुषको कोरोनाका कारण बुधवार मृत्यु भएको हो।

उनको बुधवार दिउँसो १२:१० वजे पोखरास्थित चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

उनमा कोभिड-१९ का साथै मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या रहेको निर्देशनालयले उल्लेख गरेको छ। योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell