PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

सुदूरपश्चिममा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा बुधवार थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशभर पछिल्लो २४ घण्टामा एक हजार ३२ जनाको कोरोना परीक्षण गरिएकोमा ९१ संक्रमित थपिएका हुन्।

सबैभन्दा बढी धनगढीमा ६० जना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ३२ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ५१ सहित थप ६० जनामा भाइरसको संक्रमण पुष्टि भएको हो। सेतीमै गरिएको परीक्षणमा कञ्चनपुर र बझाङका ८/८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

पछिल्लो पटक प्रदेशका अन्य प्रयोगशालाहरू अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १२, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ९, बैतडी अस्पतालको प्रयोगशालामा ४, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३ र बझाङमा गरिएको परीक्षणमा तीन जना संक्रमित थपिएका हुन्।

योसँगै सुदूरपश्चिममा कुल संक्रमितको संख्या साढे आठ हजार नाघेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell