PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

शिखर धवन र श्रेयस ऐय्यरको अर्धशतकमा दिल्ली क्यापिटल्सले राजस्थानलाई दियो १ सय ६२ रनको लक्ष्य



पहिलोपोस्ट

शिखर धवन र श्रेयस ऐय्यरको अर्धशतकमा दिल्ली क्यापिटल्सले राजस्थानलाई दियो १ सय ६२ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको हो।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ५७ रन बनाए। त्यस्तै कप्तान श्रेयस ऐय्यरले ५३ रन बनाउँदा मार्कस स्टोइनिसले १८ रन र एलेक्स केरीले १४ रन जोडे।

उता राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिँदा जयदेव उनदकटले २ विकेट तथा कार्तिक त्यागी श्रेयस गोपालले समान १/१ विकेट लिए।

राजस्थान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell