PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

क्वारेन्टाइनबाट भागेर घर पुगेकाहरुमा कोरोना पुष्टि, गाउँमा फैलियो त्रास



रासस

क्वारेन्टाइनबाट भागेर घर पुगेकाहरुमा कोरोना पुष्टि, गाउँमा फैलियो त्रास

डोटी : शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीको क्वारेन्टाइनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर पुगेका छन्। छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशैँ, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइन राखिएकामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १२ मध्येका सात जना भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ। शनिवार १६ जनाको स्वाब संकलन गरी मंगलवार परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए।

उनले भने, ‘स्वाब परीक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ।’

कोरोना संक्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सिल गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताए।

उनले भने, ‘गाउँमा अरुलाई संक्रमण नहोस् भनेर गाउँ नै सिल गर्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell