इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ।
दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।
दिल्लीका लागि शिखर धवनले सर्वाधिक ५७ रन बनाउँदा कप्तान श्रेयस ऐय्यरले ५३ रन बनाएका थिए। त्यस्तै मार्कस स्टोइनिसले १८ रन र एलेक्स केरीले १४ रन जोडे।
उता राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिँदा जयदेव उनदकटले २ विकेट तथा कार्तिक त्यागी श्रेयस गोपालले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रनमा सीमित भयो।
राजस्थानका लागि बेन स्टोकले सर्वाधिक ४१ रन बनाउँदा रोबिन उथप्पाले ३२ रन, सञ्जु सामसनले २५ रन तथा जोस बट्लरले २२ रन जोडे।
दिल्लीका लागि एनरिच नोर्ट्जे र तुसार देशपाण्डेले समान २ विकेट लिँदा कागिसो रबडा, रविचन्द्र आश्विन र अक्षर पटेलले समान १/१ विकेट लिए।
जितसँगै ८ खेलमा ६ जित निकालेको निकालेको दिल्ली १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
