काठमाडौं : चितवनमा थप ५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधवार रातिसम्म आएको थप नतिजामा ५९ जनामा पोजेटिभ देखिएको हो। २ सय ८१ वटा नमुना परीक्षण गर्दा ५९ वटामा पोजेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।
संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका रहेका छन्। भरतपुरमा १९ जना पुरुष र ११ जना महिलामा कोभिड पोजेटिभ देखिएको हो। त्यस्तै ३ वर्षीय बालकलाई समेत संक्रमण देखिएको छ।
