काठमाडौं : गण्डकी प्रदेशमा थप ९७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ९७ जनामा देखिएको हो। संक्रमण देखिएकामध्ये ८ जना बाहेक सबै जना कन्ट्रायाक्ट ट्रेसिङमा परेका हुन्।
संक्रमण थपिएका ५ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित बाग्लुङमा देखिएको हो। ४ महिला सहित ५१ जनामा संक्रमण देखिएको हो। कास्कीमा ३०, गोरखामा ७, लमजुङ्मा ३ र नवलपरासी ६ जना रहेका छन्।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या ५ हजार २ सय ८४ पुगेको छ।
