PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

दोहोरो रेड कार्ड ब्याहोरेको इङ्ग्ल्याण्डमाथि डेनमार्कको संघर्षपूर्ण जित



पहिलोपोस्ट

दोहोरो रेड कार्ड ब्याहोरेको इङ्ग्ल्याण्डमाथि डेनमार्कको संघर्षपूर्ण जित

युईएफए नेशन्स कप अन्तर्गत गएराति भएको समूह 'बी'को खेलमा डेनमार्कले इङ्ग्ल्याण्डलाई हराएको छ। वेम्बले स्टेडियममा भएको खेलमा डेनमार्कले इङ्ग्ल्याण्डमाथि १-० को साँघुरो जित निकालेको हो।

डेनमार्कको जितमा क्रिस्टियन एरिक्सनले निर्णायक गोल गरे। उनले खेलको ३५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए।

अर्कोतर्फ ३१ औं मिनेटमा ह्यारी म्यागुइर रेड कार्ड खाँदै बाहिरिँदा इङ्ग्ल्याण्ड १० खेलाडीमा सीमित भएको थियो। त्यस्तै अतिरिक्त समयमा रिस जेम्स पनि रेडकार्ड खाँदै बाहिरिएका थिए।

जितसँगै डेनमार्क दोस्रो स्थानमा उक्लिएको छ भने इङ्ग्ल्याण्ड तेस्रो स्थानमा झरेको छ। समूह बी मा इङ्ग्ल्याण्डसहित डेनमार्क, बेल्जियम र आइसल्याण्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell