PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

फ्रान्समा रात्रिकालीन कर्फ्यु, घरभित्र ६ जनाभन्दा धेरै जमघटमा निषेध



पहिलोपोस्ट

फ्रान्समा रात्रिकालीन कर्फ्यु, घरभित्र ६ जनाभन्दा धेरै जमघटमा निषेध

फ्रान्सका राष्ट्रपति इम्मानुल म्याकरोन ले राजधानी पेरिस र अन्य ८ शहरहरुमा रात्रिकालीन कर्फ्युको आदेश गरेका छन्। कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिनका लागि उनले यस्तो निर्णय गर्नुपररेको जनाएका हुन्।

राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्युको घोषणा भएको हो। आउँदो शनिवारदेखि कर्फ्यु सुरु हुनेछ र त्यो लगातार चार सातासम्म रहनेछ। राष्ट्रपति म्याकरोनले टेलिभिजन अन्तर्वार्ताबाट यस्तो घोषणा सुनाएका हुन्।

साथै फ्रान्समा जनस्वास्थ्य आपतकालको पनि घोषणा गरिएको छ।

यसैबीच जर्मनीले बार र रेस्टुराँहरुलाई बन्द गर्ने घोषणा गरेको छ। कोरोना भाइरस फैलाउन जोखिमपूर्ण ठाउँ भन्दा यस्ता क्षेत्रलाई निषेध गरिएको हो। चान्सलर एन्जेला मार्केलले बुधवारबाटै निषेधको घोषणा गरिन्। अप्रिल यता एकै पटक ५ हजार नयाँ संक्रमित थपिएपछि यस्तो निर्णय भएको हो।

यस्तो हुनेछ रात्रिकालीन कर्फ्यु
रात्रिकालीन कर्फ्यु राजधानी पेरिस र यससँग जोडिएका साना शहररुमा लागू हुनेछ। यसबाट करिब २ करोड २० लाख मानिस प्रभावित हुनेछन्।

चार साता लगाइएको कर्फ्यु अर्को दुई साता पनि थपिन सक्छ। कर्फ्युपछि रात्रिकालीन समयमा मानिसहरु रेस्टुराँमात्र होइन निजी घरहरुमा पनि ओहरदोहर गर्न मिल्दैन। तर दिनमा स्कुलहरु खुला नै रहनेछन्। मानिसहरुलाई यात्रामा अरु कुनै अवरोध छैन। 

कर्फ्यु तोड्नेलाई १ सय ३५ युरो जरिवाना तय गरिएको छ। घरभित्र पनि ६ जनाभन्दा बढीको जमघटलाई निषेध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell