PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सवारीको भाडा निगरानी गर्न सादा पोसाकमा ट्राफिक : बढी लिनेलाई समात्दै कारबाही



पहिलोपोस्ट

सवारीको भाडा निगरानी गर्न सादा पोसाकमा ट्राफिक : बढी लिनेलाई समात्दै कारबाही

काठमाडौं : महानगरीय ट्राफिक प्रहरीले दशैं तिहार लगायतका चाडपर्वलाई मध्यनगर गर्दै विषेश सुरक्षा योजना लागू गरिसकेको छ।

सुरक्षा योजना अनुसार नै सादा पोसाकमा ट्राफिक प्रहरी परिचान गरिएका छन्। सार्वजनिक सवारी साधनले चाडपर्वको मौका छोपी गर्नसक्ने कालोबजारी र ठगी नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी खटाइएको हो।

ट्राफिक महाशाखाले क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीहरुको अनुगमन र कारबाहीमा तिब्रता दिएको दावी गरेको छ। सादा पोसाकका प्रहरीले विभिन्न सवारी साधनमा यात्रु बनेर भाडा बढी लिएको वा नलिएको भन्ने अनुसन्धान गरिरहेका छन्। त्यस्तै ट्राफिक प्रहरीले बढी भाडा लिने ४४ वटा बस र ६६ वटा ट्याक्सीलाई कारबाही गरिसकेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने,स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार ४ सय ५१ वटा सवारी साधनलाई सम्झाईवुझाई सुधार गर्ने प्रतिवद्धता पछि छाडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell