PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

नव नियुक्त तीन मन्त्रीले लिए शपथ



पहिलोपोस्ट

नव नियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं : नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बिहीवार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल पुनर्गठन गरेका थिए जसमा तीन मन्त्री नियुक्त भएका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ।  

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले सपथ लिएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई बुधवार नै नियुक्त गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालय तानेका छन्। उनी यसअघि उपप्रधानसहित रक्षा मन्त्री थिए।  त्यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell