PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रहरीको आग्रह अपरिचितलाई मोवाइल नदिनुहोला



पहिलोपोस्ट

प्रहरीको आग्रह अपरिचितलाई मोवाइल नदिनुहोला

काठमाडौंः प्रहरीले अपरिचित मानिसलाई आफ्नो मोवाइल नदिन आग्रह गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं सुचना जारी गर्दै विभिन्न बहानमा मोवाइल लुट्ने घटना भएकाले सचेत रहन आग्रह गरेको हो। अपरिचित मानिस मोटरसाइकल तथा स्टुकरमा आएर 'इमेर्जन्सी छ। कल गर्न मोबाइल दिनुन' भन्दै मागेर लुटापट गरेर भाग्ने गरेको प्रहरीले जानकारी दिएको छ।

चाडपर्वको समयमा हुने लुटपाट, ठगी तथा अन्य घटना नियन्त्रण गर्न प्रहरीले सादा पोसाकमा प्रहरी समेत परिचालन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell