PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

हेर्नुस् २१ दलीय वाम गठबन्धनको माइतीघरमा प्रदर्शन

हेर्नुस् २१ दलीय वाम गठबन्धनको माइतीघरमा प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एक्काइस दलीय वाम गठबन्धनले राजधानीको माइतीघरमा आज विरोध प्रदर्शन गरेको छ।

एमसीसीको खारेजी, नेपाली मिचिएका भूभागहरु फिर्ता, भ्रष्टाचारको अन्त्य, बलात्कारविरुद्ध सशक्त कारवाही लगायतका मुद्दालाई लिएर साना वाम संगठनहरु विरोध कार्यक्रममा उत्रेका हुन्।

प्रतिवन्धित पार्टीलाई फुकुवा गर्नुपर्ने लगायतका मागहरु पनि उनीहरुले राखेका थिए। दलित र महिलामाथिको हिंसा बन्द गर, घुसखोरी अन्त्य गर, कोरोना भाइरस नियन्त्रण गर, लिम्पियाधुरा, लिपुलेक, कालपानी नेपाली भूमि हुन् लगायतका नारा लेखिएका प्ले कार्डसहित उनीहरु विरोधमा उत्रिएका थिए।  



ट्रेन्डिङ पोस्ट

Ncell