काठमाडौं : नक्कली प्रहरी बनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोली आज बिहान काठमाडौंको बनियाँटारबाट रामेछाप खाडादेवी गाउँपालिका वडा नम्बर ६ घर भएका २८ वर्षीय गोविन्द खड्कालाई नियन्त्रणमा लिएको हो। उनले विगत दुई वर्षदेखि प्रहरीको नक्कली वर्दी लगायत अन्य उपकरणहरु बोकेर मानिसलाई तर्साउँदै रकम लुट्ने गरेको अनुसन्धानमा खुलेको छ।
उनले रातिको समयमा रात्रिकालीन व्यवसायीहरुलाई बढी टार्गेटमा राख्ने गरेका थिए। मानिसलाई झुक्याउनका लागि हेण्ड वाकिटकी सञ्चार सेट समेत बोकेर हिँड्ने गरेको महाशाखाका एसपी इश्वर कार्कीले जानकरी दिए। त्यस्तै प्रहरीले लगाउने बुट, युनिफर्म लगायत समाग्री समेत प्रहरीले बरामद गरेको छ।
उनले प्रयोग गर्ने सेट सन् २०१४ मा सगरमाथा आरोहण गर्न आउने पर्यटकले खाना पकाउने र चालक काम गर्नेलाई राख्न दिएको खुलेको छ। बरामद गरेको सञ्चार सेटले एयरपोर्ट, प्रहरीको फ्रिक्वेन्सी टिप्ने गरेको देखिएको छ।
