PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, चार जना पक्राउ



राधेश्याम पटेल

प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, चार जना पक्राउ

वीरगंज : पर्साको ठोरी गाउँपालिकामा गएराति प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त भएको छ।

ठोरी गाउँपालिका वडा नं ४ बिजयवस्ती नजिकको बाटो हुँदै अवैध लागू औषध गाँजा भित्रिरहेको सूचना अनुसार इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोककुमार साहको नेतृत्वमा प्रहरी टोली परिचालित भएको थियो।

प्रहरीको 'एम्बुस'मा पर्ने देखेपछि चार जनाको संख्यामा आइरहेको हतियारधारी समूहले प्रहरीलाई नै लक्षित गरी फायर गरेको थियो। प्रहरीले त्यसको जवाफममा दुई राउन्ड हवाई फायर गरी चारै जनालाई पक्राउ गर्न सफल भएको थियो।

पक्राउ गरिएका व्यक्तिहरुको साथबाट प्रहरीले चार राउन्ड गोली र एक थान भरुवा बन्दुक समेत बरामद गरेको छ। पक्राउ गरिएको व्यक्तिहरु ठोरी गाउँपालिका वडा नं ४ विशाल चोकका रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell