काठमाडौं : गएको २४ घन्टामा ३ हजार ७ सय ४९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १६ हजार ५ सय ९८ लाई पीसीआर परीक्षण गरिएको जानकारी दिए। काठमाडौं उपत्यकामा १९ सय ३५ जनामा संक्रमण देखिएको हो।
काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा संक्रमित संख्या १ लाख २१ हजार ७ सय ३५ पुगेको छ। बिहीवार १९ जनाको मृत्यु भएसँगै संक्रमणका कारण निधन हुनेको संख्या ६ सय ९४ पुगेको छ। हालसम्म ८४ हजार ५ सय १८ जनालाई संक्रमण निको भएको छ।
