PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

नयाँ तीन मन्त्री थपिएपछि पहिलो पटक बस्दै मन्त्रिपरिषद् बैठक



पहिलोपोस्ट

नयाँ तीन मन्त्री थपिएपछि पहिलो पटक बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौ : बिहीवार साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेपछि पहिलो बैठक बस्न लागेको हो।

पुनर्गठनमा नेकपाका महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै शहरी विकास मन्त्री सांसद कृष्णगोपाल श्रेष्ठ र लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।

महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell