PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

छहरी खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु



रासस

छहरी खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिहीवार खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो।

‘बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन्’, उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ।’

प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

अभियुक्तलाई कर्तव्य ज्यान मुद्धा

शुक्लाफाँटा नगरपालिका-८ मा भाउजु हत्याको अभियोगमा पक्राउ परेका २६ वर्षीय देवर मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्धा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। अभियुक्त खुनाले स्थानीय गौडी खोलाको डिलमा भाउजु ३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘अभियुक्त देवरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धा चलाएर दश दिन म्याद थप गरेका छौं’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘घरायसी विवादले हत्या गरेको देखिन्छ।’

गत मंगलवार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell