PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

मुर्छा परेर ढलेका वडाध्यक्ष मडैको निधन



रासस

मुर्छा परेर ढलेका वडाध्यक्ष मडैको निधन

बैतडी : सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ।

उनको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले भने, 'बिहान घरमै रहेका बेला एक्कासी मुर्छा परेर ढलेपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्‍याएपछि दिउँसो ३ बजेतिर निधन भएको हो।'

वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिइन्। वडाध्यक्ष मडैको तीनचार दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। उनले भने, 'शव परिवारको जिम्मा लगाइसकिएको छ, परिववार तथा आफन्तले कालगतिले नै उहाँको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन्।'

मडै तत्कालीन नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell