PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कोरोना संक्रमितले परीक्षा दिन नपाउने लोक सेवाको मापदण्ड कार्यान्वयनमा सर्वोच्चको रोक



पहिलोपोस्ट

कोरोना संक्रमितले परीक्षा दिन नपाउने लोक सेवाको मापदण्ड कार्यान्वयनमा सर्वोच्चको रोक

काठमाडौँः सर्वोच्च अदालतले कोरोना संक्रमितले परीक्षा दिन नपाउने गरी लोक सेवा आयोगले तयार पारेको परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। मानव अधिकार रक्षक सञ्जालका तर्फबाट दायर रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मापदण्ड संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार विपरीत भएको समेत आदेशमा उल्लेखमा गरेको छ।

अदालतले स्वास्थ्य मापदण्ड परिपालना गरेर परीक्षा लिन र सोही अनुसार व्यवस्थापन गर्न पनि आदेशमा भनेको छ।

संक्रमितलाई परीक्षा केन्द्रमा रोक्ने मापदण्डले व्यक्तिलाई विभेदित, लाञ्छित र बहिस्करणमा परेको अवस्था उत्पन्न गराउने भएकाले स्वघोषणा नगर्नेतर्फ पनि अदालतले आयोगलाई सचेत गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell