जनकपुरधाम : यौन दुर्व्यवहारको अभियोगमा जनकपुरबाट जेएफसी होटलका सञ्चालक पक्राउ परेका छन्। जनकपुरधामस्थित शिव चौकमा सञ्चालित जेएफसी होटल तथा रेष्टुरेन्टका सञ्चालक प्रमोद यादवलाई यौन दुर्व्यवहारको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
जनकपुरस्थित संकट मोचन स्कुलमा अध्ययनरत एक बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर वडा नम्बर १९ शिवपुर निवासी ३८ वर्षीय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा यादवसहित तीन जनाविरुद्ध उजुरी दिएकी थिइन्। पक्राउ परेका यादवमाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाएको धनुषा प्रहरीले जनाएको छ।
