PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना हटस्पट बन्दै गएको प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए



फूलमाया पुरी

कोरोना हटस्पट बन्दै गएको प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमा सुनसरीका ५, मोरङ र तेह्रथुमका २/२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालसम्म कोरोनाबाट १२२ जनाको मृत्यु भएको छ।

त्यस्तै, प्रदेश १ मा बिहीवार ६५४ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामध्ये यो अहिलेसम्मकै बढी हो। बिहीवार मोरङमा मात्र ३२६ र सुनसरीमा २०९ जना संक्रमित थपिएका छन्। त्यस्तै, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा २/२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २२५ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा १०० महिला र १२५ जना पुरुष रहेका छन्। त्यस्तै, सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३/१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २/२, केराबारी र उर्लाबारीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४/४, बर्जु, रामधुनी र गढीमा ३/३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यता झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९/९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा पनि बिहीवार नै कोरोना संक्रमण देखिएको छ।

संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, तेर्‍हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १/१, इलामको देउमाई र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १/१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीवार ३२६ जना डिस्चार्ज भएका छन्। आज होमआइसोलेसनबाट ३०४, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३३९ पुगेको छ।

प्रदेश १ मा बिहीवार १ हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २४१ महिला र ४१३ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। हालसम्म १ लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell