PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुदूरपश्चिममा थप १४२ जनामा कोरोना पुष्टि, सशस्त्रका गणपतिसहित १४ प्रहरी संक्रमित



एम बम

सुदूरपश्चिममा थप १४२ जनामा कोरोना पुष्टि, सशस्त्रका गणपतिसहित १४ प्रहरी संक्रमित

कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ५ वटा प्रयोगशालामा ७ सय २४ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ५६ सहित १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकामध्ये कैलालीका ५६ जना, दार्चुलाका ३८, डोटीका २७, कञ्चनपुरका १२, अछामका ६ र बझाङका ३ जना रहेका छन्।

दार्चुलाका संक्रमितमध्ये १४ जना सशस्त्र प्रहरी हुन्। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति नरेन्द्र बमसहित अन्य १३ जना जवानलाई समेत कोरोना पुष्टि भएको हो। जिल्लाको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहनसिंह महरले दुई जना कैदीमा समेत कोरोना देखिएको जानकारी दिए।

सरुवा भई आएका सशस्त्र प्रहरीमा कोरोना देखिएपछि ४४ नम्बर गण सिल गरिएको छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर ८६ जना डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell