काठमाडौँः गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको छ। बिहीबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीसहितको बैठक सो निर्णय गरेको हो।
केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिनेगरि गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहनेगरि यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो।
बैठकले सिण्डिकेट खारेजीको यसअघिको गृह मन्त्रालयको निर्णय कार्यान्वयन अनुगमन बढाउने निर्णय पनि गरेको छ।
