PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

बेङ्ग्लोरले पञ्जाबलाई दियो १ सय ७२ रनको लक्ष्य, बिराट कोहली चुके अर्धशतकबाट



पहिलोपोस्ट

बेङ्ग्लोरले पञ्जाबलाई दियो १ सय ७२ रनको लक्ष्य, बिराट कोहली चुके अर्धशतकबाट
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले किंग्स ११ पञ्जाबलाई १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको छ।

बेङ्ग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ४८ रन जोडे।

त्यस्तै शिवम दुवेले २३ रन जोड्दा आरोन फिन्सले २० रन जोड्दा देवदत्त पार्डिकलले १८ बनाए। क्रिस मोरिस २५ रनमा अभिजित रहे।

उता बेङ्ग्लोरका मोहम्मद समी र मुरुगन आश्विनले समान २/२ विकेट लिए। अर्सदीप सिंह र क्रिस जोर्डनले १/१ विकेट लिए।

पञ्जाब केही बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell